दफा
साक्षीले आयोगका समक्ष बकेको कुरा निजका विरुद्ध प्रमाण नलाग्नेः

कुनै व्यक्तिलेसाक्षीको रुपमा आयोगका समक्ष बकेको कुनै कुरालाई लिएर निजका विरुद्ध कुनै मुद्दा वा कानुनी कारवाही चलाइने छैन । त्यस्तो कुरा कुनै अर्को मुद्दामा निजका विरुद्ध प्रमाण पनि लगाइने छैन ।
तर कुनै व्यक्तिले आयोगको समक्ष बकेको कुनै कुरा आयोगले सोधेको प्रश्नसँग सम्बन्धित नभएमा वा जाना जानी झुठ्ठा बकेको कुरा प्रमाणित भएमा सो कुराका
आधारमा प्रचलित नेपाल कानुनबमोजिम निज उपर मुद्दा वा कानुनी कारबाई चलाउन वा सो कुरा निजको विरुद्ध प्रमाणमा लगाउन यस दफाले बाधा पुर‌्याएकाे मानिने छैन ।